२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एनआइसी एसिया बैंक र एनसिएचएलबीच सम्झौता

shivam cement
२०८२ मंसिर १५ गते १६:१५
Shares
एनआइसी एसिया बैंक र एनसिएचएलबीच सम्झौता

काठमाडौं : एनआइसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरीङ्ग हाउस लिमिटेड (एनसिएचएल) सँग रणनीतिक सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । 

यस सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को रूपमा इजाजत प्राप्त एनसिएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना अन्तर्गतको यस नेपालपे कार्ड ग्राहकलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ भने बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्वीचको प्रमुख साझेदारको रूपमा स्थापित गरेको बैंकले जनाएको छ । 

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपालपे कार्ड जारी गर्न बाटो खुलाउने बैंकले बताएको छ ।

साथै, देशभरका पीओएस र एटिएम नेटवर्कहरू मार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ । 

सम्बन्धित खबर