२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बाबुराम–जनार्दन अध्यक्ष परिषद् रहेको प्रलोपाले तोक्यो प्रदेश कमाण्डर (सूचीसहित) 

shivam cement
२०८२ मंसिर १५ गते १७:३८
Shares
बाबुराम–जनार्दन अध्यक्ष परिषद् रहेको प्रलोपाले तोक्यो प्रदेश कमाण्डर (सूचीसहित) 

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले डा.बाबुराम भट्टराई र जनार्दन शर्मा रहेको अध्यक्ष परिषद्को विस्तारित बैठकका निर्णय कार्यान्वयन गर्न १४ बुँदे विशेष परिपत्र जारी गरेको छ । मंसिर १२ गते तीनकुनेमा सम्पन्न बैठकका निर्णयहरू समेटिएको उक्त सर्कुलर सोमबार देशभरका कमिटीहरूलाई पठाइएको छ । 

परिपत्रमार्फत पार्टीले प्रदेश, जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार, भ्रष्टाचार विरोधी अभियान सञ्चालन तथा नेतृत्वको कार्यविभाजन स्पष्ट गरेको छ । कोशी प्रदेशको जिम्मेवारी केदार गुरागाईँ, मदन भट्टराई, शम्भु चौधरी र हेमन्त राईलाई दिइएको छ । मधेश प्रदेशमा आनन्दकुमार यादवसहित नौ नेताहरू खटाइएका छन् । 

बागमती प्रदेशमा आशा तामाङलगायत छ सदस्यीय टोली, गण्डकीमा टिकाराम पौड्यालसहित सात जना, लुम्बिनीमा चिनक कुर्मीसहित छ जना, कर्णालीमा प्रवललाल शाहीसहित चारजना र सुदूरपश्चिममा गोविन्द सावदसहित सात जनालाई जिम्मेवारी तोकिएको छ । गैरभौगोलिक प्रदेशको नेतृत्व इन्दिरा वास्टकोटी, एकराज शर्मा र गणेश कुँवरलाई दिइएको छ । अन्य थप जिम्मेवारी पछि समायोजन गरिने पार्टीले जनाएको छ ।

प्रचारप्रसारको सम्पूर्ण नेतृत्व ओजस्वी भट्टराईलाई दिइएको छ भने विभाग तथा परिषद् पुनर्संरचना गर्न सोनमसिंह स्याङताङ, ईश्वर रिजाललगायतको कार्यदल गठन गरिएको छ ।

भ्रष्टाचार विरोधी राष्ट्रिय अभियान चलाउन जिएस गुरुङको संयोजकत्वमा विशेष कार्यदलसमेत गठन गरिएको पार्टीले जनाएको छ ।

सम्बन्धित खबर