२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मेची भन्सार कार्यालय: आयात बढ्दा निर्यात घट्यो

shivam cement
२०८२ मंसिर १७ गते ०९:५४
Shares
मेची भन्सार कार्यालय: आयात बढ्दा निर्यात घट्यो

झापा : आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु. १६ अर्ब दुई करोड पाँच लाख मूल्य बराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु. १४ अर्ब २८ करोड ८७ लाख बराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु. सात अर्ब ९६ करोड सात लाख बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु. आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु. पाँच अर्ब ४६ करोड एक लाख  ९८ हजार राजस्व संकलन गरेको छ ।

सम्बन्धित खबर