२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १६:२५
विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौं : काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।

कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन् । 

“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौं”, उनले भनिन्, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौं ।”

यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise