२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खड्का

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर १८ गते १९:१५
Shares
सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खड्का

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नरवीर खड्काले पाएका छन् । 

निवर्तमान प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी तीन वर्षे कार्यकाल सकाएर छत्रेश्वरी गाउँपालिका सल्यान सरुवा भएपछि खड्काले जिम्मेवारी पाएका हुन् । 

उनलाई सामान्य प्रशासन मन्त्रालयले सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको हो ।

सोही गाउँपालिका–१० चिन्तु निवासी खड्काले यसअघि जिल्लाको मुसिकोट नगरपालिकामा समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत भई काम गरेको अनुभव छ ।

सम्बन्धित खबर