
काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन २ दिने औपचारिक भ्रमणका लागि बिहीबार साँझ भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं पुगेर उनलाई स्वागत गरेका छन् ।
करिब ४ वर्षपछि भारत आएका पुटिन २३औं भारत–रूस शिखर सम्मेलनमा सहभागी हुन आएका हुन् ।
युक्रेन युद्धपछि पश्चिमा देशहरूले रूससँग दूरी बढाइरहेका अवस्थामा पुटिनको यो भ्रमण विशेष ध्यानका साथ हेरिएको छ ।
रूसले विश्व शक्तिसन्तुलन परिवर्तन भइरहेको दाबी गर्दै आएको सन्दर्भमा यो भेटलाई विशेष महत्त्व दिइएको छ ।