२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

पुटिन–मोदीले मिलाए गला 

shivam cement
२०८२ मंसिर १९ गते ०८:१५
Shares
पुटिन–मोदीले मिलाए गला 

काठमाडौँ : रुसका राष्ट्रपति भ्यादमिर पुटिन भारत भ्रमणमा छन् । उनी दुईदिने भारत भ्रमणका लागि बिहीबार नयाँ दिल्ली आइपुगेका हुन् । 

राष्ट्रपति पुटिनलाई लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पालम एयरपोर्टमा पुगे । स्वागतका क्रममा दुवै नेताले गला मिलाए । 

यी दुवै शक्ति राष्ट्रका प्रमुख हुन् । पुटिन शुक्रबार दिल्लीमा प्रधानमन्त्री मोदीसँग २३औं भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । 

राष्ट्रपति पुटिनको भारत आउनुअगाडि नै रुसी मन्त्रीहरू दिल्ली आइपुगेका थिए । जसमा रुसी उपप्रधानमन्त्री डेनिस मान्टुरोभ र रक्षामन्त्री सर्गेई सोइगुलगायत रहेका छन् । पुटिनको भ्रमणका क्रममा दिल्लीमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

विश्व राजनीतिमा द्रुत परिवर्तन आइरहेका बेला रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण भएको हो । यसकारण यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

युक्रेनसँगको युद्ध, पश्चिमी देशहरूसँग रुसको बढ्दो तनावका बेला रुसी राष्ट्रपति पुटिनले भारत भ्रमण गरेका हुन् । 
पुटिनलाई स्वागत गर्न पाउँदा खुसी भएको भनेर भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् । आफूले रुसी राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा खुसी भएको उल्लेख गर्दै उनले पुटिनको भ्रमणका क्रममा हुने बैठकहरूको प्रतीक्षामा रहेको समेत बताएका छन् । 

पुटिनको भ्रमणका क्रममा भारतीय अन्य पार्टीहरूले समेत भेट चाहेका छन् । प्रतिपक्षी दल कांग्रेसका राहुल गान्धीले विदेशी प्रतिनिधिमण्डलसँग विपक्षी दलहरूले समेत भेट पाउनुपर्ने तर भारतीय सत्तापक्ष नै तयार नरहेको आरोप लगाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर