
रुकुम पश्चिम : जिल्लाको आठबिसकोट बाँकेज्यूलामा जीप दुर्घटना भएको छ । सदरमुकाम मुसिकोटबाट राडीतर्फ आउँदै गरेको जीप आठबिसकोट–१४ बाँकेज्यूलामा दुर्घटना भएको हो ।
लु १ ज २०८२ नम्वरको जीप शुक्रबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।
त्यस्तै घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–९ का अभिषेक केसी, सोही पालिका–१२ की रिता परियार, वडा नम्बर–१३ का भरतजंग मल्ल, डिलबहादुर बिक र जाजरकोट नलगाड नगरपालिका–८ का विष्णु केसी छन् ।
घाइते परियारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।
अन्यको अवस्था सामान्य रहेको पुनले बताए ।