
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी यात्रामा विराम लागेको छ । शनिबार कीर्तिपुरको त्रिवि मैदानमा विराटनगर किङ्ग्सले सुदूरपश्चिमलाई ६ विकेटले हरायो ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११।६ ओभरमै पूरा गर्यो । सुदूरपश्चिमका ओपनर फाफ डु प्लेसी र साम हेज्लेटले अर्धशतक प्रहार गरे ।
हेज्लेटले २७ बलमा ५१ रन तथा फाफले २० बलमा ५० रन जोडे । विराटनगरका मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाउँदा सुदूरपश्चिमका अभिनाश बोहरा र हरमित सिंहले क्रमशः २ र १ विकेट लिएका थिए ।