२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सेयर बजारमा गिरावट, सबै सर्किट राताम्य

shivam cement
२०८२ मंसिर २१ गते १५:४९
Shares
सेयर बजारमा गिरावट, सबै सर्किट राताम्य

काठमाडौं : आइतबार सेयर बजार सबै सूचकसहित ओरालो लाग्यो । नेप्से २३.५० अंकले घटेर २६०७ मा बंद भयो। लगातार पाँच कारोबार दिनदेखि बजार घट्दै आएको छ ।

बजार सुरुमा २६३६ अंकसम्म उक्लिए पनि त्यसपछि निरन्तर झर्‍यो । ४६ कम्पनीको भाउ बढ्दा २०४ घटे र ८ स्थिर रहे । कारोबार रकम ५ अर्ब ३३ करोड पुगेको छ, जुन अघिल्लो दिनभन्दा १० करोड बढी हो ।

सबै उप–समूह लालिमा देखिए, विशेषगरी होटल–पर्यटन, जलविद्युत्, फाइनान्स र व्यापार समूह १ प्रतिशतभन्दा बढीले झरे ।

स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीका सेयर १० प्रतिशत बढेर नयाँ उच्चतममा पुगे । मेन्छियाम र एसियन हाइड्रोपावर पनि उक्लिए ।

लगातार बढिरहेको सागर डिस्टिलरी आज ६.९० प्रतिशत घट्यो । बुङ्गल हाइड्रोपावर, माबिलुङ इनर्जी र मिथिला लघुवित्त पनि उल्लेख्य रूपमा नराम्ररी झरे ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबलकार, युनाइटेड मोदी हाइड्रो र हिमालयन रिइन्स्योरेन्स परे ।

सम्बन्धित खबर