२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

युनिलिभरविरुद्ध स्थानीयको आन्दोलन

Nada
२०८१ साउन ११ गते २१:३५
Shares
युनिलिभरविरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना विज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

ncell

हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना विज्ञापन अन्य स्थानबाट सिँधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका हुन् ।

उद्योगमा आवश्यक कर्मचारी नियुक्तिमा स्थानीयहरुलाई प्राथामिकता नदिएकोले स्थानीयहरु आन्दोलनमा आन्दोलनमा उत्रिन परेको स्थानीय बिजन लटौलाले बताए ।

उद्योगले  विज्ञापन नै नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय लटौलाले बताए ।

स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने भन्दै विगत तीनदेखि उद्योगको गेटमा धर्ना दिँदै आइरहेका छन् ।

कर्मचारी भर्नाको लागि आवेदन दिँदा आवेदन नै फिर्ता गरिदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रनु परेको स्थानीय सुदिप कार्कीले बताए । 

बस्तिको बीच र पूर्वपश्चिम राजमार्गको किनारमै उद्योग छ । यही उद्योगको कारण खोलानाला, वायु प्रदुषण, खोती योग्य जमिनको उत्पादन क्षमतामा ह्रासदेखि उद्योगमा आउने मालबाहक ट्रक सडक किनारमा पार्किङ गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

स्थानीयहरुले आफुहरुको माग पुरा नभए दैनिक उद्योग घेराउ गर्ने र उत्पादन समेत रोक्ने चेतावानी दिएका छन् । यसअघि उद्योगभित्र सञ्चालन गरिएको मेसिनबाट भूकम्पीय शक्ति उत्पन्न हुँदा उद्योग नजिकै रहेको काकाको पाटी प्यालेसमा क्षति पुगेको थियो ।

उद्यागले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम प्रयाप्त नदेखिएकोले स्थानीय प्रशासनसँगको समन्वयमा छलफल गरी स्थानीयले उठाएको मागको सम्बन्धमा उद्योगसँग आवश्यक समन्वय गर्ने वडा अध्यक्ष  ढलक बहादुर थापाले बताए ।यस विषयमा जानकारी लिन खोज्दा उद्योगका प्रशासन तथा कर्मचारीहरुले कुनै प्रतिक्रिया नै दिन चाहेनन् ।

सम्बन्धित खबर