२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राजदूतको राजनीतिमै ओली-देउवा

ADV
२०८१ साउन १२ गते ०७:००
राजदूतको राजनीतिमै ओली-देउवा

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग राजदूत भागबण्डाबारे छलफल तीव्र पारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग राजदूत भाबण्डाबारे केही दिनदेखि लगातार छलफल गरिरहेका छन् । 

स्रोतका अनुसार भागबण्डामा मुख्य सहमति जुटिसकेको छ । एमालेको भागमा चीन, अमेरिका, बेलायत र रुस परेको छ । कांग्रेसको भागमा भारत, अष्ट्रेलिया, जापान, साउदी अरब परेको छ । 

नेताहरुका अनुसार अरु ८ देशबाट पनि राजदूत फिर्ता बोलाउने तयारी भएको छ । ‘अहिले ८ जिल्लाको भागबण्डा भएको छ । अरु ८ जिल्लाको पनि फिर्ता बोलाएर एकैपटक सिफारिसन गर्ने कुरा छ’, एक सत्तारुढ नेताले भने । 

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटाबाट सिफारिस भएका देशहरुको राजदूत फिर्ता बोलाउने तयारी छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा ११ देशका राजदूत फिर्ता बोलाइएको थियो । ती राजदूतहरु कांग्रेस कोटाका थिए । 

कांग्रेस कोटाका राजदूतहरु फिर्ता बोलाएर त्यसको साटो एमाले सिफारिसका व्यक्तिहरुलाई पठाउने निर्णय भएको थियो । तर सबै सिफारिस एमालेबाट मात्र भएको थिएन । एमालेबाट ८, रास्वपाबाट २ र जसपाबाट एक जना पाउनेगरी भागबण्डा भएको थियो । 

तर त्यसरी सिफारिस भएका राजदूतहरु नियुक्त नहुँदै सत्ता समीकरण फेरियो । कांग्रेस सत्तामै आयो भने माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ताबाट बाहिरिए । 

अहिले नयाँ समीकरण बमोजिम कांग्रेस र एमालेबीच राजदूतहरु भागबण्डा गर्ने तयारी भइरहेको छ । जबकी राजदूतहरु देशको प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले साझा हुनुपर्ने हो । 

देशको झण्डाको बोकेर प्रतिनिधित्व सहित नियुक्त हुनुपर्ने हो । तर सत्ता टिकाउन सत्तारुढ दलहरुबीच सधैं राजदूतमा भागबण्डा हुँदै आएको छ । सरकार फेरिनासाथ पहिलो निर्णय राजदूत भागबण्डा भन्ने भाष्य नै सिर्जना भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise