२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

थाइल्यान्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

shivam cement
२०८२ मंसिर २२ गते १९:५३
Shares
थाइल्यान्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

बैंकक : विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्यान्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले वैशाखको तेस्रो साता १० किमि र ५ किमि रेस आयोजना गर्न लागिएको हो ।  

थाइल्यान्डस्थित नेपाली राजदूतावासको अगुवाइमा थाइल्यान्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत् छलफलपश्चात हरेक वर्ष यो कार्यक्रम गर्ने तय गरिएको दूतावासका प्रथम सेक्रेटरी कुमार विक्रम रेग्मीले बताए । 

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीको संरक्षकत्वमा उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा थाइल्यान्डमा कार्यरत संघसंस्थाहरू सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको दूतावासद्वारा जारी प्रेसविज्ञप्तिमा जनाइएको छ । त्यसमा उद्यमी कुमार कार्कीलाई बजेट तथा कोष व्यवस्थापन उपसमिति संयोजक चयन गरिएको छ । त्यसैगरी मुन गुरुङलाई व्यवस्थापन एवं समन्वय उपसमिति संयोजक, विप्लव रेग्मीलाई सूचना प्रविधि तथा प्रचार प्रसार उपसमिति संयोजक, प्रेम अधिकारीलाई प्राविधिक तथा स्थलगत व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । 

त्यस्तै नेपालमा समन्वय तथा प्रचारप्रसार गर्न एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे र टीएस ठकुरीलाई जिम्मेवारी दिइएको छ । नेपालबाट उक्त बैठकमा सहभागी ठकुरी विश्व दौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)का नेपाल प्रतिनिधि हुन् भने ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपालकै सहज कोर्ष मानिएको धारा नेपालगन्ज म्याराथन तथा नेपाल रनिङ इन्टरनेसनल कन्फ्रेन्सका संस्थापक हुन् ।

बैठकमा नेपालबाट धारा नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीका साथै नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रका साथै गैरआवासीय नेपाली संघ थाइल्यान्ड, पिपल अफ नेपाली ओरिजिन एसोसिएसन, थाई नेपाल संघ, थाई नेपाल फ्रेन्डसिप एसोसिएसन,  संयुक्त राष्ट्रसंघका प्रतिनिधि, वेस्टर्न युनियन, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, किङ मुकुट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, थाइल्यान्डमा विभिन्न पेशा र व्यवसायमा आबद्ध उद्यमीहरूलगायत केही थाई नागरिकको समेत उपस्थिति थियो ।

सम्बन्धित खबर