
उदयपुर : नालीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । २ वर्षीय नाबालक योङहाङ राई खेल्ने क्रममा नालीमा डुबेर मृत्यु भएको हो ।
लिम्चुङबुङ गाँउपालिका–४ बलम्ता घर भई हाल त्रियुगा नगरपालिका–३ मोतीगडाचोक बस्ने देवान राईका छोरा योङहाङ खेल्ने क्रममा सोमबार नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार नालीको पानीमा मृत शव फेला परेको थियो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको उनले बताए ।