२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सौर्य विमान दुर्घटना : ११ जनाको शव परिवारलाई बुझाइयो 

ADV
मध्यान्ह
२०८१ साउन १२ गते ११:४६
सौर्य विमान दुर्घटना : ११ जनाको शव परिवारलाई बुझाइयो 

काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको सौर्य एयर्लाइन्सको विमान दुर्घटनामा मृत्य भएकामध्ये ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव परिवारले बुझेका हुन् । 

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलभित्रै दुर्घटना भएको थियो । १९ जना सवार विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिष शाक्यको पनि घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केमसी सिनामंगलमा उपचार भइरहेको छ । 

दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् ।  बिदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने अस्पतालले जानकारी दिएको छ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise