२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

बिरामीको मृत्यु भएपछि आफन्तहरू आक्रोशित, धनगढीको नोभा अस्पताल तोडफोड

ADV
मध्यान्ह
२०८१ साउन १२ गते १५:३६
बिरामीको मृत्यु भएपछि आफन्तहरू आक्रोशित, धनगढीको नोभा अस्पताल तोडफोड

धनगढी : उपचाररत विरामीकोको मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा तनाव सिर्जना भएको छ । साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी-२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै विरोध सिर्जना गरेका थिए । सामान्य जन्डिस भएर उपचार गराउन भर्ना भएका चौधरीको मृत्यु लापरवाहीले भएको भन्दै आफन्तहरूले अस्पताल तोडफोडसमेत गरेका छन् । 

अस्पतालमा तनाव सिर्जना भएपछि सुरक्षा बढाइएको छ । स्थिति उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँससमेत प्रहार गरेको छ । आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise