२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

सत्ती भन्सारमा संरक्षणविहीन सवारी साधन

Nada
२०८१ साउन १२ गते २१:०३
Shares
सत्ती भन्सारमा संरक्षणविहीन सवारी साधन

भिम विक/मध्यान्ह

ncell

कैलाली : टिकापुर नगरपालिका वडा नम्बर –९ मा रहेको सत्ती भन्सार कार्यालय पछाडि जाने हो भने यत्रतत्र सवारीसाधन देख्न सकिन्छ । भन्सार कार्यालय परिसरमा विगत अढाइ वर्षदेखि सुरक्षा निकाय र सत्ती भन्सार कार्यालयले समातेका सवारीसाधन वेवारिसे जस्तै छरिएर रहेका छन् ।

भन्सार छलि गरेर नेपालमा सामानसहित छिर्ने क्रममा पक्राउ परेका यी सवारीसाधन खुला आकाशमुनी रहेकोले राम्रो अवस्थामा रहेका सवारीसाधन पनि खिया लागेर काम नलाग्ने अवस्थाका भएको स्थानीयको भनाइ छ ।

भन्सार कार्यालयले समयमै लिलामको सूचना प्रकाशित गरेर राज्यकोषमा राजस्व उठ्ने स्थानीय सुरेश खड्काले बताए ।

भन्सार परिसरमा रहेका सवारीसाधनलाई टहरा बनाइ सुरक्षित राख्न सकेको भए घामपानी, शित र सामान हराउनबाट बच्ने उनको भनाइ छ । वार्षिक दस करोड राजस्व उठाउने कार्यालयले ४÷५ लाखको टहरा बनाएर जफत गरिएका साधनलाई सुरक्षित राख्नुपर्ने स्थानीय भरत साउँदले बताए ।

पक्राउ गरेका भन्सारमा बुझाएका सवारीसाधन चालू अवस्थामा हस्तान्तरण हुने भएपनि हाल ती साधनका पार्टपूर्जा निकालिएको अवस्था रहेको एक स्थानीयले बताए । भन्सार कार्यालय परिसरमा रहेका र मुद्दाको किनारा लागिसकेका सवारीसाधनको लिलामीका लागि प्रक्रिया यथाशिघ्र हुने सत्ती भन्सार कार्यालयका प्रमुख दीनहरि सापकोटाले जानकारी दिए ।

उनले भने, ‘हामीले आन्तरिक तयारी गरिसकेको अवस्था हो, अब छिटोभन्दा छिटो सवारीसाधन कुन कस्तो अवस्थामा छन छुट्याएर लिलामका लागि प्रक्रियामा छिट्टै जाने छौं ।’

भन्सार कार्यालयमा १ सय वटा बाइक पत्रु(कटिङमा जाने) ७० वटा अन्य र दर्ता भएका बाइक, ९ वटा अटो रिक्सा,२ वटा पत्रु कार, १ वटा दर्ता भएको कार, १ वटा ट्याक्टर ,१ वटा ट्रलि रहेको कार्यालयका नायब सुब्बा पदम भट्टले जानकारी दिए । 

भन्सार कार्यालयमा अलपत्र अवस्थामा रहेका सवारीसाधनको लिलामी कहिले हुन्छ भन्ने प्रश्नको जवाफमा नायब सुब्बा भट्टले भने ‘सबै तयारी भएको छ, यातायात व्यवस्था कार्यालयका इन्जिनियरसहितको टोलीको मूल्यांकन भएपछि लिलामिको प्रक्रिया अघि बढ्नेछ ।’

सम्बन्धित खबर