
उदयपुर : उदयपुरको बेलका नगरपालिका–४ स्थित सिसुवा खोलाको पुलमुनि एक महिलाको बेवारिसे शव फेला परेको छ ।
वतन नखुलेकी करिब ५५ वर्षीया महिलाको शव एक हप्ता अघि फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
शव पहिचान हुन नसक्दा हालसम्म पोष्टमार्टम हुन नसकेको र शव जिल्ला अस्पतालमा राखिएको प्रहरी जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।