
उदयपुर : उदयपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले शनिबार फरार प्रतिवादीलाई प्रक्राउ गरेको हो ।
कटारी नगरपालिका–१ खसीबास बस्ने ७० वर्षीय धक्कुसिंह राईलाई उनकै निवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राईलाई उदयपुर जिल्ला अदालतको फैसलाले १२ दिन कैद र १ लाख ५३ हजार ६ शय ९२ जरिबाना तोकेको थियो ।
पक्राउ परेको उनलाई आइतबार फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बुझाइएको प्रहरीले जनाएको छ ।