२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मिर्गौला पीडित वि.कलाई इन्द्रेणीको सहयोग

shivam cement
पूर्ण सार्की
२०८२ मंसिर २९ गते २१:३१
Shares
मिर्गौला पीडित वि.कलाई इन्द्रेणीको सहयोग

सुर्खेत : दुवै मिर्गौला फेल भएर उपचाररत वरिष्ठ सर्जक तथा पूर्व कार्यक्रम प्रस्तोता कमल वि.क ‘निर्मोही’लाई इन्द्रेणी समाजले आर्थिक सहयोग गरेको छ । इन्द्रेणीले सोमबार रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र, सुर्खेतमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरी सर्जक निर्मोहीलाई १ लाख ५ सय रुपैयाँ सहयोग गरेको हो । 

कार्यक्रममा सहभागी अन्य दाताबाट ४९ हजार १ सय ८६ रुपैयाँ संकलन भइ कुल १ लाख ४९ हजार ६ सय ८६ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले जानकारी दिए । कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै कँडेलले भने, ‘नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका सर्जक निर्मोही जीवन–मरणको दोसाँधमा छन् । उनीहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।’

सर्जक निर्मोही विगत १ वर्षदेखि दुवै मिर्गौला फेल भएपछि निरन्तर उपचाररत छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१०, सुगन्ध विनायक टोल स्थायी घर भएका निर्मोही केही वर्षअघि स्वास्थ्यमा समस्या देखिएपछि स्वस्थ्य परीक्षण गराउँदा मृगौला फेल भएको पुष्टि भएको थियो । 

निर्मोहीसँगै उनकी श्रीमती हेरम्बादेवी वि.क पनि मिर्गौला फेल भएर उपचाररत छन् । हेरम्बा अनुसार, श्रीमान्‌को निरन्तर हेरचाह गर्ने क्रममा आफूलाई पनि मिर्गौलाको समस्या देखिएको छ । चिकित्सकका अनुसार दुवै दम्पतीको मिर्गौला प्रत्यारोपण पश्चात् स्वास्थ्यमा सुधार आउने विश्वास गरिएको छ । निर्मोही दम्पतीले सहयोगको अपील समेत गरेका छन् । 

इन्द्रेणीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सुर्खेतका पुराना तथा ख्यातिप्राप्त सर्जकहरू, नेपाली कांग्रेसका उप–सभापति विष्णु खड्का, युवा व्यवसायी तथा सर्जक हरी विष्ट लगायतले पनि आर्थिक सहयोग प्रदान गरेका थिए ।

सम्बन्धित खबर