२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

'मुस्लिम महिलाको शिक्षामा पहुँच बढाउन आवश्यक'

Nada
शहबाज खान
२०८१ साउन १२ गते २१:४५
Shares
'मुस्लिम महिलाको शिक्षामा पहुँच बढाउन आवश्यक'

कपिलवस्तु : रूपन्देहीको सियारी गाउँपालिकाका मुस्लिम महिलाहरूले कृष्णनगर नगरपालिकामा रहेको आइशा सिद्धकी गर्ल्स कलेजको अवलोकन भ्रमण गरेका छन् । 

ncell

मदरसामा रहेको छात्रावास, सिलाइ कटाइ कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, प्रदर्शनी कक्ष लगायतको अवलोकन गरिएको छ । अवलोकन भ्रमणका क्रमममा आएका महिलाहरुलाई एक कार्यक्रमबीच स्वागत तथा सम्मान समेत गरिएको कलेजका प्रशासनले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाउँपालिकाले मुस्लिम महिलाहरूले गरेको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षालाई अनिवार्य तथा निःशुल्क गरेको भएपनि हालको स्थितमा मुस्लिमहरूको शिक्षामा पहुँच न्यून रहेको बताउँदै सियारी गाउँपालिकाले गरेको मुस्लिम महिलालाई गराएको अवलोकन भ्रमणले शिक्षामा पहुँच राम्रो हुन सक्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रमका अध्यक्षता गरेका लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले अवलोकन भ्रमणमा आएका सम्पूर्णलाई स्वागत गर्दै सियारी गाउँपालिकाले गरेको उक्त भ्रमण सराहनीय रहेको बताउँदै लुम्बिनी प्रदेश मदरसा बोर्डबाट हुन सक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले मुस्लिम महिलामा समेत सशक्तिकरणको भावना विकसित भइ शिक्षामा सबैको पहुँच हुनुपर्नेमा जोड दिए । 

उक्त अवलोकन भ्रमणमा जनप्रतिनिधि महेन्द्र प्रसाद यादव, सियारी गाउँपालिकामा अवस्थित मदरसा स्लामिया गरिब नवाजका अध्यक्ष कलिकुन निशा मनिहार, सहायक प्रधानाध्यापक पार्वती चौधरी लगायत  पैतालीस जना मुस्लिम महिलाको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर