२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

गोरखा सेवा समाज कतारले स्थापना दिवस मनाउने

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष २ गते १४:३१
Shares
गोरखा सेवा समाज कतारले स्थापना दिवस मनाउने

दोहा कतार : कतारको राष्ट्रिय दिवसको अवसर पारेर गोरखा सेवा समाज कतारले आफ्नो २३औं स्थापना दिवस मनाउने भएको छ । समाजले स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमसहित बिहीबार दिउँसो साढे १२ बजेबाट फूलबारी रेस्टुरेन्टको सभा हलमा मनाउन लागेको हो ।

सन् २००३ मा कतारमा स्थापित समाज कतारवासी गोरखालीहरूको एकताको प्रतीकको रूपमा रहेको छ । कतारमा रहेका गोरखालीहरूलाई समाजमा आबद्ध हुन् र कार्यक्रममा सरिक भई कार्यक्रमलाई सफल बनाउन समाजका अध्यक्ष विकास श्रेष्ठले अनुरोध गरेका छन् ।  एकताको अभाव खड्किरहेको अवस्थामा आपसी एकता सद्भाव, भाइचारा र सहयोग पुर्‍याउनुका साथै जिल्लाको एकीकृत विकासका लागि क्रियाशील रहन पनि समाजसँग जोडिन उनले आग्रह गरे ।  कार्यक्रममा नेपालबाट आमन्त्रित सारेगमा लिल च्याम्प सिजन-१ का फाइनलिस्ट गायक अरुण सुनारसहित कतारमा रहेका गायक पुकार थापा र संगीत बिसी, गायिकाद्वय रेश्मी सेन्चुरी र गुना मगरले आफ्नो जादुमयी आवाजमा गीत प्रस्तुत गर्ने छन् ।

त्यस्तै नृत्याङ्गना सरिता वान्तवा राई, सृष्टि लामा, झरना राई, सलिना सीँ ठकुरी र सानुमाया गुरुङले नृत्य पेस गर्नेछन् । मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगीका रूपमा रहेको कार्यक्रमको तयारी पूरा भएको र कतारमा स्थापित सम्पूर्ण संघ संस्था, सामाजिक, व्यवसायी तथा बौद्धिक व्यक्तित्वसहित विभिन्न व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको हुँदा कार्यक्रममा समयमै उपस्थित हुन कार्यक्रम संयोजक अर्जुन संग्रौलाले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर