२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमालेले संस्थापक नेताहरूको योगदानलाई उपेक्षा गर्‍यो : प्रकाश शाह

shivam cement
सत्यराज सिंह
२०८२ पुष २ गते १८:३१
Shares
एमालेले संस्थापक नेताहरूको योगदानलाई उपेक्षा गर्‍यो : प्रकाश शाह

बझाङ : नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका पार्टीका नेता प्रकाश शाहले नेकपा एमालेले संस्थापक नेताहरू तथा उनीहरूको योगदानलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।

बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता ऐतिहासिक नेताहरूको योगदानलाई वर्तमान एमाले नेतृत्वले बेवास्ता गरेको दाबी गरे ।

उनले भने, “एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको गम्भीर अन्याय हो ।”

शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ लैजाने काम गरेको आरोप पनि लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरू एमाले छाड्न बाध्य भएको उनको भनाइ थियो ।

“नेतृत्वमा निरङ्कुशता र कार्यकर्तामा दास प्रवृत्ति हावी भएपछि पार्टीभित्र विद्रोह स्वाभाविक भयो,” उनले भने, “त्यही परिस्थितिका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल र भीम रावलजस्ता नेताहरू एकै ठाउँमा उभिन बाध्य भएका हुन् ।”

शाहले नेपाली कम्युनिष्ट पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म, लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको अभ्यासलाई पुनः स्थापित गर्ने दाबीसमेत गरे ।

सम्बन्धित खबर