२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

आगलागी पीडितलाई संखुवासभा समाज कतारको आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८२ पुष ३ गते १६:३३
Shares
आगलागी पीडितलाई संखुवासभा समाज कतारको आर्थिक सहयोग

दोहा, कतार : संखुवासभा समाज कतारले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ निवासी श्यामकुमार लिम्बूको घरमा खाना पकाउने क्रममा ग्यास चुलाबाट आगलागी हुँदा पुरै घर जलेर ध्वस्त भएको र उनका बुबा ८८ वर्षीय वीरबहादुर लिम्बूको मृत्यु भएकाले पीडित परिवारलाई राहत होस् भनेर १९ हजार रुपैयाँ नगद सहयोग गरिएको समाजले जनाएको छ । 

चैनपुर नगरपालिका ४ का वडा अध्यक्ष घनबहादुर तामाङको रोहबरमा उक्त सहयोग रकम उपलब्ध गराइएको समाजका अध्यक्ष विरेन मादेनले जानकारी दिए । मादेनले प्रारम्भिक चरणमा उक्त रकम उपलब्ध गराइएको र समाजले आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराउने बताए । कतारमा सामाजिक गतिविधि सहित जिल्लाका दु:खमा सारथि बनिरहेको समाजले केही समय पहिले कतारमा पञ्चेबाजासमेत भित्र्याएको थियो ।

सम्बन्धित खबर