२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

गण्डकीमा सार्वजनिक यातायात ठप्प, राइड सेयरिङको विरोध गर्दै व्यवसायी आन्दोलित

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १०:५४
गण्डकीमा सार्वजनिक यातायात ठप्प, राइड सेयरिङको विरोध गर्दै व्यवसायी आन्दोलित

काठमाडौँ : राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले आजदेखि यातायात बन्द गराएका छन् ।  राइड सेयरिङको विरोध गर्दै तीन दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए ।

माग सम्बोधन नहुँदासम्म पछि नहट्ने व्यवसायीको तयारी छ । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने निर्णय गरेको थियो । तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ ।

रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका छन् । यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए तर मन्त्री गुरुङले सबैले व्यवसाय गर्न सक्ने अभिव्यक्ति दिएपछि उनीहरू आन्दोलित भएका हुन् । 

व्यवसायीहरूले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । भौतिक मन्त्री मनाङेले व्यवसायीका माग सम्बोधन गर्न नसकिने बताएका छन् । 'बाइकर्सहरुले पनि कमाउन पाउनुपर्छ', उनले भने -'जसरी पनि क्याविनेटबाट कार्यविधि ल्याउँछु ।' व्यवसायीहरूले भने रातो प्लेटका सवारीले भाडाका यात्रु ओसार्न नहुने माग राखेका छन् । 


 

ADVADV

सम्बन्धित खबर

Advertise