२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

shivam cement
२०८२ पुष ४ गते ११:००
Shares
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो ।

उक्त सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । समाचार संकलन र सम्प्रेषणका लागि आउने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन, प्रेस सेन्टर नेपालले गर्नेछन् । उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कारलगायत आवश्यक समन्वय गर्नेछन् ।

हालै गरिएको वाम शक्तिबीचको एकतापछि विभिन्न प्रदेश तथा जिल्लामा गरिएको एकता सन्देश सभा तथा त्यसले जनतामा आएको उत्साह, मुलुकको समसामयिक घटनाक्रमबारे शीर्ष नेताहरूले सहभागी सबैलाई जानकारी गराउने कार्यसूची रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

सम्बन्धित खबर