
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ११औं राष्ट्रिय महाधिवेशनसँगै प्यानल तथा पक्ष–विपक्षको राजनीति अन्त्य भएको बताएका छन् । महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले केही सानातिना कमजोरी रहे पनि महाधिवेशन समग्रमा सफल भएको बताए ।
ओलीले एकताको भावना र नयाँ उचाइका साथ पार्टी अघि बढ्नुपर्नेमा जोड दिँदै विधान महाधिवेशनले पारित गरेका नीति–दिशाअनुसार एकस्वर र अनुशासित ढंगले अघि बढ्नुपर्ने धारणा राखे । असन्तुष्टि भए नेतृत्वसमक्ष व्यक्त गर्न सकिने तर सार्वजनिक रूपमा पार्टीको प्रतिष्ठामा आँच पुग्ने काम नगर्न उनले निर्देशन दिए ।
उनले एमाले लोकतान्त्रिक पार्टी भए पनि स्वतन्त्रताका नाममा सामूहिक निर्णयविरुद्ध निजी हित पछ्याउन नहुने स्पष्ट पारे ।