
कतार : वैदेशिक रोजगारीका लागि कतारलाई दुई दशकदेखि कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् । बिहीबार राति सम्पन्न रोयल नेपाल यसथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको प्रथम वार्षिकोत्सवमा पौडेल सम्मानित भएका हुन् ।
रोयलको स्थापनाकालदेखि नै संस्थाले सञ्चालन तथा आयोजना गरेका विविध गतिविधिलाई सञ्चारको माध्यमबाट प्रचार प्रसार गरी अतुलनीय योगदान पुर्याएको भन्दै दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको हो । सम्मान पशान्त पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।
म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका पौडेल विगत पाँच वर्षदेखि मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध छन् । कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रूपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन् । नेपाली गीतसंगीतमा पनि उत्तिकै रुचि राख्ने पौडेल बहुमुखी प्रतिभाका धनी मानिन्छन् ।