
काठमाडौँ : नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्यांक्वेटमा भेला सुरु भएको हो ।
हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल समूहले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।
ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए । भेलामा ईश्वर पोखरेल समूहबाट लडेका नेता कार्यकर्ताहरूको सहभागी छ ।