
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देशसभा र्याली सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिकालगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्याली भृकुटीमण्डप पुगेपछि सो सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी