२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पुराना नेताहरूले देशलाई दिएको दुःखको हिसाब हुन्छ : रवि लामिछाने 

shivam cement
२०८२ पुष ५ गते १४:४२
Shares
पुराना नेताहरूले देशलाई दिएको दुःखको हिसाब हुन्छ : रवि लामिछाने 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विषालु सर्पले डसेझैं अन्याय गरिएको भए पनि त्यही विष बोकेर अझै लडिरहेकाको टिप्पणी गरेका छन् । 

चौबिसकोटीमा आयोजित सभामा, भैरहवा कारागारबाट रिहा भएलगत्तैको पहिलो सम्बोधनमा उनले आफूमाथि अन्याय भएको दोहोर्‍याउँदै देश र पुस्तालाई दिएको पीडाविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरे । 

पुराना नेताहरूले देशलाई दिएको दुःखको हिसाब मिलाउनुपर्ने उल्लेख गर्दै उनले बदला होइन, भोक, शोक, अशिक्षा र बेरोजगारीविरुद्ध संघर्ष आवश्यक रहेको बताए । 

जेनजी युवाहरूको आन्दोलनको प्रशंसा गर्दै उनले उनीहरूको आवाज खेर जान नदिने पनि प्रतिवद्धता जनाए ।

सम्बन्धित खबर