२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले नेता ईश्वर पोखरेल समूहको भेला जारी

shivam cement
२०८२ पुष ५ गते १५:०८
Shares
एमाले नेता ईश्वर पोखरेल समूहको भेला जारी

काठमाडौं : नेकपा (एमाले)का नेता ईश्वर पोखरेल नेतृत्वको समूहको भेला सुरु भएको छ । काठमाडौको बबरमहलस्थित कार्की ब्याक्वेटमा उक्त समूहको भेला सुरु भएको हो । 

भर्खरै सम्पन्न ११औं महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीतर्फ दुई पदमा सफलता हासिल गरेको थियो । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन् ।

यद्यपि, अध्यक्ष पदमा ईश्वर पोखरेल केपी शर्मा ओलीसँग पराजित भएका थिए । निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा पोखरेलले ५ सय ६४ मतमा सीमित भएका थिए ।

सम्बन्धित खबर