२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

खुलामञ्च सर्वसाधारणका लागि खुला राख्न प्रचण्डको आग्रह

shivam cement
२०८२ पुष ५ गते १५:१९
Shares
खुलामञ्च सर्वसाधारणका लागि खुला राख्न प्रचण्डको आग्रह

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको खुलामञ्च सर्वसाधारणका लागि खुला राख्न आग्रह गरेका छन् । 

शनिबार भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नागरिकका राजनीतिक, सामाजिक तथा सांस्कृतिक गतिविधिका लागि खुलामञ्च खुला हुनुपर्ने धारणा राखे । 

सभाका लागि सरकार र काठमाडौं महानगरपालिकासँग आग्रह गरिए पनि खुलामञ्च उपलब्ध नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । 

‘एउटा पनि खुला मञ्च नहुनु देशकै लागि लज्जाको विषय हो,’ प्रचण्डले भने, ‘यस विषयमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाका प्रतिनिधिलाई म जोडदार आग्रह गर्दछु ।’

सम्बन्धित खबर