
काठमाडौं : नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टी विभाजन अस्वीकार्य भए पनि आत्मसमर्पण स्वीकार नहुने बताएका छन् ।
एघारौं महाधिवेशनपछि आफ्नो पक्षका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीको ‘म नै एमाले हुँ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाए ।
पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै नेतृत्वले कमजोरी स्वीकार नगरे कम्युनिस्ट आन्दोलन नै संकटमा पर्ने चेतावनी दिए ।
उनले महाधिवेशनको प्रतिस्पर्धालाई विचार र विधिको लडाइँको सुरुवात बताउँदै संघर्ष निरन्तर रहने स्पष्ट पारे ।