२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा बयान दिँदै 

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १३:२३
निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा बयान दिँदै 

काठमाडौँ : निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालतमा उपस्थित भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा उपस्थित भएका हुन् । अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिँदैछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ । सम्भवत: बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने छन्।

ADVADV

सम्बन्धित खबर

Advertise