२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

त्रियुगाको १६औं नगरसभा : नीति तथा कार्यक्रम संशोधन

shivam cement
बिन्द्र राई
२०८२ पुष ७ गते २१:२३
Shares
त्रियुगाको १६औं नगरसभा : नीति तथा कार्यक्रम संशोधन

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएकोे छ । सोमबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको समीक्षा तथा संशोधन गरेको छ । 

मेयर वसन्त बस्नेतले आफ्नो कार्यकालको साढे तीन वर्षमा सुशासन, जनतामा दूरगामी प्रभाव पार्ने कार्यसम्पादन गरेको उल्लेख गरे । त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ५७ करोड १९ लाख ६५ हजार रकम विनियोजन भएकोमा हालसम्म ४३ कोड ९२ लाख १ हजार आम्दानी भएको बस्नेतले जानकारी दिए । जसअन्तर्गत आन्तरिक स्रोततर्फ ३ करोड ४० लाख ६५ हजार रहेको छ । खर्च भने ३५ करोड १० लाख ६४ हजार भएको छ ।

नगरप्रमुख बस्नेतले नगरपालिकाको नयाँ भवनबाट कार्यसम्पादन सुरु गरेको, विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माणाधिक सडक अन्तिम चरणमा पुगेको, नगरदेखि वडासम्मको कार्यसम्पादन सन्तोषजनक रहेको बताए । 

उपमेयर महेश्वरी राईले नगरपालिकाले मेलमिलापलाई प्राथमिकता दिएको बताइन् । उनले चालु आर्थिक वर्ष २०८१/०८२ मा ७५ वटा उजुरी परेकोमा ५४ फच्र्यौट भएको बताइन् । जसअन्तर्गत सबैभन्दा बढी ऐलानी जग्गा विवाद र लेनदेन रहेका छन् । कतिपय विवाद वडास्तरमै मिलाउने गरेको उनको भनाइ छ । सभामा विभिन्न विषयगत प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले चालु आर्थिक वर्षमा भएका कार्यक्रमहरूको समीक्षा, शिक्षा ऐनको तेस्रो संशोधन, वडास्तरबाट सिफारिस भएका केही बजेट कार्यक्रमको संशोधन भएको बताए । नगरसभा सौहार्दपूर्ण सम्पन्न भएको छ ।

नगरपालिकाका सबै वडासदस्यले नगरसभामा कानुन र बजेट पेस हुनुअगावै आफूहरूलाई पनि सहभागी गराउनुपर्ने माग राखेका थिए ।

सम्बन्धित खबर