२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सीमलताल पहिरो : हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १६:२०
सीमलताल पहिरो : हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

काठमाडौँ : सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आज फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न आएको भारतीय टोली आफ्नो दश फर्किएको हो । 

साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । 

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने महाशाखाले जनाएको छ । 

असार २८ गते चितवन महानगरपालिका-२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुवाहक बस बेपत्ता छन् । 

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस लेदोसहितको पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise