२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

ADV
मध्यान्ह
२०८१ साउन १३ गते १९:१५
निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

काठमाडौं : भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका हुन् । 

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो । 

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise