२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कोशीमा सरकारले हिउँदे अधिवेशन छल्न खोजेको माओवादीको आरोप

shivam cement
प्रवेश बिष्ट
२०८२ पुष ९ गते २१:३८
Shares
कोशीमा सरकारले हिउँदे अधिवेशन छल्न खोजेको माओवादीको आरोप

विराटनगर : लामो समयदेखि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालन नभएको भन्दै प्रमुख प्रतिपक्षि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारका कमजोरीका कारण संसद चल्न नसकेको आरोप लगाएका छन् । 

बुधबार पत्रकार सम्मेलन आयोजना गरेर उनले लामो समयसम्म संसदलाई बन्दी बनाउन खोज्नु सरकारको असफलता भएको टिप्पणी गरे । यस्तै सरकारले आफ्ना कमजोरी र भ्रष्टाचार लुकाउन हिउँदे अधिवेशन छल्न खोजेको आङ्बोको आरोप छ । 

सरकारले पूर्वाधारको बहाना बनाएर आलटाल पार्न खोजेको भन्दै उनले तत्काल अधिवेशन आह्वान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘पूर्वाधार छैन भनेर सरकारले बहाना बनाइरहेको छ । हामीसँग सुरक्षित अन्य विकल्पहरू पनि छन् तर जनताका समस्या र आवाजलाई संसद्मा उठाउन ढिलो भइसकेको छ, सरकारले तत्काल अधिवेशन आह्वान गरोस् ।’

गत फागुन २३ र २४ गतेको जेनजी आन्दोलनमा कोशी प्रदेशसभा सचिवालयको भवन आगजनी भएको थियो । त्यसयता प्रदेशसभाको काम ठप्प छ । अहिले सरकारले कटहरीमा रहेको कृषि बजारको भवनमा सचिवालयको भवन सारेपनि संसद बैठकका लागि हल तयार भएको छैन । 

आङ्बोले सरकारले अन्य वैकल्पिक पूर्वाधारहरुको खोजी गरेर भए पनि संसद बैठक बोलाउनुपर्ने माग गरेका छन् । सरकारले अधिवेशन छलेर सुशासनको धज्जी उडाइरहेको आङ्बोले बताए ।

सम्बन्धित खबर