
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति बनेको छ । दुवै पक्षका दुई/दुई सदस्य रहेको वार्ता समितिबीच प्रस्तावहरूमा सहमति जुटे पनि अन्तिम निर्णय शनिबार हुने नेताहरूले बताएका छन् ।
रास्वपा नेता शिशिर खनालका अनुसार मिलेर अघि बढ्ने सहमति भए पनि अन्तिम टुंगो शुक्रबार लाग्न सकेन । स्रोतका अनुसार मेयर शाहलाई सहसभापति र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तथा केन्द्रीय समितिमा उनको पक्ष समेट्ने प्रस्तावमा छलफल भएको छ ।
अन्तिम निर्णय रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीचको प्रत्यक्ष छलफलपछि हुने बताइएको छ । शनिबारसम्म सहमति टुंगो लाग्ने अपेक्षा गरिएको छ ।