२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता

shivam cement
२०८२ पुष १२ गते १५:१५
Shares
राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज शीतल निवासमा भेटघाट भएको छ । राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबीच बिहान भेटवार्ता भएको हो । करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकको वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन र तोकिएकै समयमा चुनाव गराउने विषयमा दुवै पक्ष राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता विचार–विमर्श भएको जनाइएको छ । 

सम्बन्धित खबर