२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

युक्रेनको शान्ति प्रस्तावमा रूसको असहमति

shivam cement
२०८२ पुष १२ गते १५:३६
Shares
युक्रेनको शान्ति प्रस्तावमा रूसको असहमति

किएभ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरेका छन् । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली संघ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ ।

उक्त भेटमा नयाँ शान्ति प्रस्तावबारे छलफल हुनेछ, जसले युद्धलाई हालको मोर्चामा स्थिर राख्ने र पूर्वी युक्रेनमा सैनिक रहित क्षेत्र सिर्जना गर्ने लक्ष्य राखेको छ । भर्खरै किएभमा केही विस्फोटका समाचार आएकोले अधिकारीहरूले नागरिकहरूलाई हवाई आक्रमणको सम्भावित चेतावनीका लागि सचेत रहन आग्रह गरेका छन् ।

जेलेन्स्कीले युरोपेली सुरक्षा संघठनका महासचिव, जर्मनीका प्रमुख मन्त्री र अन्य युरोपेली नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको छ । नयाँ योजनामा युक्रेनले सम्भावित क्षेत्रीय सम्झौताहरूलाई स्वीकार गरेको देखिन्छ । यसमा सुरक्षा प्रत्याभूति, पुनर्निर्माण र अर्थतन्त्रसम्बन्धी विषयहरू समावेश छन् ।

रूसले भेटअघि योजना प्रति आपत्ति जनाएको छ । जेलेन्स्कीले भने, ‘रूसले सधैं सहमति नदिने कारण खोज्छ । केही दिनभित्र उनीहरूको आधिकारिक जवाफ पत्ता लाग्नेछ ।’ उनले युक्रेनले केही क्षेत्र फिर्ता दिनु अघि जनमतसंग्रह गर्ने र परमाणु ऊर्जा केन्द्रमा रूसको सहभागिता आवश्यक नहुने पनि स्पष्ट पारे । 

नयाँ योजना अनुसार युक्रेनले सैनिक संगठनमा सदस्यता लिन खोजेको कानूनी अधिकार त्याग्नु पर्ने वा रूसले सन् २०१४ देखि कब्जा गरेको भूमि मान्यता दिनुपर्ने शर्त हटाइएको छ । यद्यपि रूस अझै डोनबास क्षेत्रबाट पूर्ण फिर्ता लिन र सैनिक सङ्गठनमा सदस्यता प्रयास रोक्न अडिग रहेको देखिन्छ । –रासस/एएफपी

ताजा खबर

सम्बन्धित खबर