
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आगामी प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल सुरु भएको छ ।
बालुवाटारमा शनिबार दिउँसो प्रधानमन्त्री कार्की, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको हो ।
छलफल आगामी निर्वाचन केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अवस्थालाई सहज बनाउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने विषयमा संवाद भइरहेको उनले बताए ।
यसअघि शुक्रबार मन्त्री खरेलले प्रमुख दलका नेताहरूसँग भेटवार्ता गर्दै निर्वाचनलाई राजनीतिक निकासको मुख्य विकल्पका रूपमा अघि बढाउन आग्रह गरेका थिए ।