२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न आयोगको आग्रह

shivam cement
२०८२ पुष १२ गते १६:०६
Shares
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । 

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो ।

उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ । –रासस

सम्बन्धित खबर