
काठमाडौं : आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा जान सहमत भएको जानकारी दिए । उनले भने, ‘सबै दल चुनावमा जान तयार भएका छौं । कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अन्य दलहरू पनि तयार छन् । अब सरकारले सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ ।’
बैठकमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।