२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

रवि-बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

shivam cement
२०८२ पुष १३ गते १३:१०
Shares
रवि-बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको मिलन कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले रास्वपा सभापति रवि लामिछाने र साहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए ।

उनले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए । राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको काँग्रेसले यसलाई गम्भीर रुपमा लिन आवश्यक नरहेको बताए । 

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

सम्बन्धित खबर