२०८२ साउन ८ गते बिहिवार / Jul 24 , 2025 , Thursday
२०८२ साउन ८ गते बिहिवार
Ads

पोखरामा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, २९ जना घाइते 

shivam cement
मध्यान्ह
२०८१ साउन १४ गते १०:४७
पोखरामा स्कुल बस दुर्घटना : एक जनाको मृत्यु, २९ जना घाइते 

पोखरा : पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ ।

आज पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । 

पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालक र विद्यार्थीसहित ३० जना घाइते भएका थिए । 

घाइतेहरूको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न अस्पतालमा उपचार भइरहेका कारण बसमा कतिजना सवार थिए भन्ने अझ यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 
 

ADV

सम्बन्धित खबर

Advertise