२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

पोखरामा स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

ADV
मध्यान्ह
२०८१ साउन १४ गते ११:०९
पोखरामा स्कुल बस दुर्घटना : आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै

काठमाडौँ : पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

आज पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । 

पोखरा २१ स्थित मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालक र विद्यार्थीसहित ३० जना घाइते भएका थिए । घाइतेमध्ये दुइ जनाको मृत्यु भएको छ । 

घाइतेहरूको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise