
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा जारी प्रारम्भिक मतदानको समय थप गरेको छ ।
पार्टी सचिवालयले जनाएका अनुसार, हालको मतदानमा मतदाताहरूको अत्यधिक चाप रहेकाले तोकिएको समयमा मतदान सम्पन्न गर्न कठिनाइ हुने देखिएको छ ।
यसै सन्दर्भमा सचिवालयले प्रारम्भिक मतदानको समय यही पौष १४ गते बिहान १० बजेसम्मका लागि थप गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले मतदाताहरुलाई समयमै मतदान गर्न आह्वान गर्दै धन्यवाद व्यक्त गरेका छन् ।