
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
समानुपातिकतर्फको सूचीलाई अन्तिम रूप दिन बैठक बसेको झाले बताए । उनका अनुसार रास्वपाले आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन मतदानसमेत गरेको थियो ।
निर्वाचन आयोगले सोमबारसम्मका लागि समानुपातिकको अन्तिम सूची बुझाउने समयसीमा तोकेको छ ।
बन्दसूची पेस गर्न दलहरू आयोगमा एकपछि अर्को गर्दै पुगेका छन् ।